शीर्ष नेताहरु सङ पुनः छलफल गर्दै देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष तहका नेताहरु सङ पुनः छलफल गर्ने भएका छन्।

विभाग गठनदेखि महाधिवेशन तयारीसम्मका बारेमा गत असोज १२ गते २७ जना केन्द्रीय सदस्यले सभापति देउवाको कार्यशैलीप्रति आपत्ति जनाउँदै विरोधपत्र बुझाएपछि उनले पुनः छलफल गर्ने भएका हुन्। आगामी कात्तिक २५ गते देखि सुरु हुने भनिएको केन्द्रीय समिति बैठकअघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताको असन्तुष्टि सम्बोधन गर्न वर्तमान र पूर्व पदाधिकारीका बीचमा छलफल हुन लागेको हो।

छलफल बुढानिलकण्ठस्थित देउवा निवासमा हुनेछ। यसअघि गत सोमबार पनि देउवाले छलफल गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।