आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नारायणगढ-मुग्लिङ सडकखण्ड आज (आइतबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।

तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो।

प्रशासनका अनुसार प्रत्येक दिन बिहान ११ देखि अपराह्न ४ बजेसम्म यो सडकखण्डमा चल्ने सबै प्रकृतिका सवारीसाधनको आवागमन बन्द रहनेछ। विगतमा केही समय सञ्चालन भएर स्थगित भएको नारायणगढ-मुग्लिङ सडक आयोजनाअन्तर्गत तुइनखोला खण्डको पहिरो रोकथाम कार्य पुनः अघि बढाउँदा उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखी सडक बन्द गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माले जनाए।

नारायणगढ-मुग्लिङ खण्ड बन्द रहे पनि काठमाडौंबाट मुग्लिङ-आँबुखैरेनी हुँदै पोखरा चल्ने सवारीसाधनको आवागमन भने नियमित रूपमा सुचारु रहनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।