काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
यस दिन सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य शुक्रबार प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार २ हजार रुपैयाँले बढेको हो ।
आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय १५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएकोमा आइतबार २० रुपैयाँले बढेको हो ।




Comment