सूर्यगढी कांग्रेसमा असन्तुष्टि : जीवन अधिकारीद्वारा सक्रिय सदस्यता परित्याग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको सूर्यगढी गाउँपालिका–२ का सक्रिय सदस्य जीवन अधिकारीले पार्टीको सक्रिय सदस्यता परित्याग गर्नुभएको छ।

अधिकारीले नेपाली कांग्रेस वडा कार्यसमिति सूर्यगढी–२ का सभापतिलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाउनुभएको हो। उहाँले पार्टीको नीति, सिद्धान्त र विचारप्रति विश्वास राख्दै लामो समयदेखि आफ्नो श्रम, समय र क्षमताले भ्याएसम्म संगठनमा योगदान पुर्‍याउँदै आएको पत्रमा उल्लेख गर्नुभएको छ।

तर, पछिल्लो समय पार्टीभित्र बढ्दै गएको गुटगत राजनीति, व्यक्तिगत स्वार्थ तथा इमानदारीपूर्वक संगठनमा योगदान गर्ने कार्यकर्ताको उचित मूल्याङ्कन र कदर हुन नसकेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ।

‘पार्टीमा निष्ठा र योगदानभन्दा शक्ति र पहुँचलाई प्राथमिकता दिने प्रवृत्तिले मलाई दुःखी र निराश बनाएको छ,’ अधिकारीले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ।

पार्टीभित्रको पछिल्लो अवस्था र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उहाँले आफ्नो आत्मसम्मान र नैतिकतालाई मध्यनजर गरी स्वेच्छाले सक्रिय सदस्यता परित्याग गर्ने निर्णय गरेको बताउनुभएको छ।

साथै, आफूले गरेको निर्णयलाई पार्टीको अभिलेखमा समावेश गरी आवश्यक प्रक्रिया अगाडि बढाउनसमेत उहाँले वडा कार्यसमितिसमक्ष अनुरोध गर्नुभएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।