एनपीएल : आज चितवन र सुदूरपश्चिम भिड्दै, आज जित्ने टोलीले फाइनलमा लुम्बिनीसँग खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करण आज अपरान्ह साढे ४ बजे यी दुई टीमबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन लागेको हो।

सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो। चितवन भने इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफारयमा पुगेको हो।

आज जित्ने टोलीले फाइनलमा लुम्बिनीसँग खेल्नेछ। फाइनल खेल मंसिर ५ गते हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।