एकैदिन ६ हजार ३ सय रुपैयाँले घट्यो सुनको भाउ, मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य मंगलबारको तुलनामा बुधबार २.३६ प्रतिशतले घटेको हो । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ थियो । मंगलबारको तुलनामा बुधबार सुनको मूल्यमा ६ हजार ३ सय रुपैयाँ गिरावट आएको हो ।

बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ३.१५ प्रतिशतले घटेको हो । मंगलरबार चाँदीको मूल्य प्रतितोला ३ हजार ४ सय ९० रुपैयाँ थियो । मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य ११० रुपैयाँ घटेको हो ।

अन्तराष्ट्रिय बजारमा निरन्तर सुनको भाउमा गिरावट आएसँगै नेपाली बजारमा पनि पछिल्ला दिनहरूमा सुनको मूल्य घटिरहेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।