आज मिती २०७७ साल कार्तिक १९ गते बुधबार , तपाइँको आजको राशिफल कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्
वि.सं.२०७७ साल कार्तिक १९ गते । बुधबार । ईश्वी सन् २०२० नोभेम्बर ०४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–चतुर्थी,४९ घडी ४४ पला,रातको ०२ बजेर ११ मिनेट उप्रान्त पंचमी । नक्षत्र–मृगशिरा,५१ घडी ५४ पला,रातको ०२ बजेर ०३ मिनेट उप्रान्त आद्र्रा । योग–शिब । करण–बव,दिउसो ०१ बजेर ४१ मिनेट उप्रान्त बालव,रातको ०२ बजेर ११ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–बृष,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेट । दिनमान २७ घडी २६ पला । यूनेस्को दिवस

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर नहोला भन्न सकिन्न । आफन्त तथा दाजुभाईसँग मनमुटाब सिर्जना हुनेछ । प्रेममा अबिस्वास बढ्ने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय राम्रो रहेकोले धार्मिक तथा सामाजिक काममा मन जानेछ भने छोटो दुरिको धार्मिक यात्रा हुनेछ । आफन्त,मित्र,तथा कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बन्द व्यापार तथा साझेदारी व्यावसायबाट मनग्गे धन लाभ लिन सकिनेछ । राजनीति तथा सामाजिक काम गरि नाम कमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अवसर आए पनि तपाईँ आफ्नै कारणले काममा पछि परिनेछ । मनमा द्विविधा बढ्नाले निर्णय क्षमता कमजोर हुनेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन ध्यान दिनुहोला । शुभ चिन्तकहरूले आफ्ना कमजोरी थाहा पाई आलोचना गर्न सक्छन् । स्वास्थ्यका लागि खानपान र वाहिरी वातावरणमा प्रति सचेत रहनुहोला । अनावश्यक भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय राम्रो रहेकोले आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारि धन सम्पति तथा पैत्रिक सम्पति हातलागि हुने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनेको साथै ईच्छित मनोकामनाहरु पुरा हुनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले घर परिवार तथा छिमेकमा अनाबस्यक बिवादमा परिनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना तिर्नु पर्ला । बैदेशिक क्षेत्रसँग सम्बन्धीत काम फस्टाएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत व्यावसाय फस्टायर जानेछ भने पानी तथा खनिज पदार्थको कारोबारबाट प्रशस्त आम्दानि हुनेछ । अध्ययनमा मन जाने हुनाले बिद्यामा प्रगति हुनेछ । प्रेम प्रशङगमा सफतला प्राप्त हुनेछ । दाजुभाई बाट तपाईको काममा आर्थिक सहयोग हुनेछ । तरपनि खानपिन तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला । साना तिना स्वास्थ्य सम्बन्धी समस्या आउनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भूमि,वाहन तथा पैत्रिक सम्पती हात लागि हुने योग रहेकोछ । आफन्त तथा साथिभाईको सहयोगले हिम्मत दिलाउनेछ । कृषि क्षेत्रमा लगानि गरि आम्दानी गर्न सकिनेछ । विशिष्ट व्याक्तिहरुसँग नजिक हुनाले तथा कृतिमानी काम गर्न सकिनेछ । प्रविधिको सहयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । साझपख राजनीति तथा सामाजिक काम गर्नेहरुका लागि समय मध्ययम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समाजसेवा तथा कल्याणकारि काममा दिन बित्ने योग रहेकोछ । काम बन्नाले दिन उत्साहबर्धक रहनेछ । राजनीति तथा सरकारि काममा सफल भई नाम कमाउन सकिनेछ । धर्ममा मन जाने हुनाले धार्मिक स्थल तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययन तथा लेखन क्षेत्रमा समय लगानी गरि आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले पारिवार तथा आफन्तका साथ भेटघाट हुने तथा मिष्टान्न भोजनमा साथ दिन कटाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित बस्तुहरु हात लाग्नेछ । व्यापारमा थोरै समय दिदा पनि प्रशस्त नाफा हुने योग रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्ने तथा उपचार खर्च बढेर जाने देखिन्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछन् । जागिरमा बढुवा, प्रशंसा र पुरस्कार पाईने योग रहेकोछ । साजाजिक काम गरि प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि गर्न सकिनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेकोछ भने पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा राम्रो अंक ल्याई नतिजा हात पार्न सकिनेछ । उपाहार तथा भौतिक सम्पति हात लागि हुने योग रहेकोछ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । मध्यान्हबाट कुनै मुद्दा मामिलामा सहभागि नहुनु होला न्यायिक निर्णयहरु आज तपाईँको पक्षमा नहुन सक्छ । आफन्त तथा मामा मावल िपक्षसँग मनमुटब बढ्ने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय मध्ययम रहेकोले भातिक सम्पतिमा विवाद हुनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना बढिनै हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ । बंश बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने जागर आउनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईकै नाम आउनेछ । माया प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सामाजिक काममा समय बित्ने भएपनि तपाईको डाहा गर्नेहरुले जनतामाझ अनावस्यक भ्रम तथा गलत म्यासेज लाने हुनाले आलोचनाको शिकार होईनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।