काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ कायम भएकोमा मंगलबार ७ सय रुपैयाँले बढेको हो ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६ सय ७५ रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ७ सय २० रुपैयाँ रहेकोमा मंगलबार ४५ रुपैयाँले घटेको हो ।




Comment