चाडपर्वमा डिजिटल वालेटमा दिनको ५० पटकसम्म रकम जम्मा गर्न पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले बडा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्ने दैनिक संख्याको सीमा पाँच गुणाले वृद्धि गरेको छ।

केन्द्रीय बैंकअन्तर्गतको भुक्तानी प्रणाली विभागले सबै भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई परिपत्र जारी गर्दै व्यक्तिगत डिजिटल वालेटमा रकम जम्मा गर्ने दैनिक सीमा १० पटकबाट बढाएर ५० पटक पुर्‍याएको हो।

यसअघि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनअनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिने व्यवस्था थियो।

चाडपर्वका बेला दक्षिणा दिन, उपहार पठाउन तथा किनमेल गर्न डिजिटल भुक्तानीको प्रयोग बढ्ने भएकाले राष्ट्र बैंकले उक्त सीमा अस्थायी रूपमा वृद्धि गरेको जनाएको छ।

निर्णयअनुसार बडा दशैंको अवसरमा असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म तथा तिहार र छठ पर्वको अवसरमा २०८३ साल कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म दैनिक ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिनेछ।

राष्ट्र बैंकले तोकिएको अवधिमा भएका कारोबारको संख्या तथा कुल कारोबार रकमको विवरण अनिवार्य रूपमा विभागलाई उपलब्ध गराउनसमेत सबै भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ।

यस व्यवस्थाले चाडपर्वका समयमा डिजिटल माध्यमबाट दक्षिणा, उपहार तथा अन्य भुक्तानी गर्न प्रयोगकर्तालाई सहज हुने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।