लमजुङ । बाढीपहिरो र हिमपातका कारण प्रभावित अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटक आगमन पुनः बढ्न थालेको छ। थोरङ्ला पास जाने पदमार्गमा जमेको हिउँ हटाएर बाटो सहज बनाएसँगै अहिले दैनिक १५० देखि २०० पर्यटक आउन थालेका हुन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार असोज १८ देखि २५ गतेसम्म धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रमा एक हजार ४४७ पर्यटकको विवरण अभिलेख भएको छ। तीमध्ये सबैभन्दा बढी इजरायल, अस्ट्रेलिया, जर्मनी, स्पेन र बेलायतका पर्यटक छन्।
बाढीपहिरोका कारण पर्यटक आगमन घट्दा प्रभावित बनेको स्थानीय पर्यटन व्यवसायमा पर्यटक बढ्न थालेसँगै आशा पलाएको व्यवसायीले बताएका छन्। सडक तथा पदमार्ग थप सहज भए पर्यटक आगमन बढ्ने र व्यवसायमा सुधार आउने अपेक्षा गरिएको छ।




Comment