काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन्।
केन्द्रीय निर्वाचन समितिले गएराति सार्वजनिक गरेको परिणामअनुसार सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्।
निर्वाचन समितिका अनुसार कुल ७ हजार १३ मत खसेको थियो। त्यसमध्ये ६ हजार ९५९ मत सदर र ५४ मत बदर भएका छन्। कांग्रेसको महाधिवेशन आइतबार राजधानीमा उद्घाटन भएको थियो ।




Comment