सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई बर्खास्त भएका छन् । गृह मन्त्रालयले उनलाई विभागीय कारवाही गर्दै वर्खास्त गरेको जानकारी दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरेर दाहाललाई सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको जानकारी दिएका छन् ।

दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा मिति शुक्रबारबाट लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारवाही गरिएको उल्लेख छ ।

संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो । उनलाई आजैबाट लागू हुनेगरी बर्खास्त गरिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।