पूर्वसमूह भित्रको आबद्धताको आधारमा समीकरण बनाउनु दुर्भाग्य : ईश्वर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्वसमूह भित्रको आबद्धताको आधारमा समीकरण बनाउनु दुर्भाग्य भएको बताएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा स्ट्याटस लेख्दै पोखरेलले एकताका बेला गरिएको सहमतिविपरीत पूर्वसमूह भित्रको आबद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको लागेको आरोप लगाएका हुन्। 

उनले पार्टी विभाजनको दुर्भाग्य निम्त्याउनेहरुलाई सबैले बेलैमा चिनेर खबरदारी गर्नु पर्ने पनि बताएका छन्। उनले व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजनतिर धकेल्न खोज्नेहरुको विरोध गर्दै पार्टी एकतालाई बचाउनका लागि अपील गरेका छन्।

‘एकताकाबेला गरिएको सहमति विपरीत पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो।त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं!!’ उनले भनेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।