काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार दिउँसो रिहा गरेको छ।
अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार अबेर राति महाराजगन्जस्थित जबराको निवासबाट उनलाई नियन्त्रणमा लिएको थियो।
यद्यपि, प्रहरीले जबरालाई पक्राउ नगरिएको जनाएको थियो। भौतिक आक्रमण हुन सक्ने सूचना प्राप्त भएपछि उनको सुरक्षाका लागि प्रहरी कार्यालयमा ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयको भनाइ थियो।
सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जबरालाई केही समय प्रहरीको संरक्षणमा राखिएको थियो। आइतबार दिउँसो भने उनलाई रिहा गरिएको हो।




Comment