काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव उपचारका लागि राज्यकोषबाट एक करोड ४० लाख रुपैयाँ खर्च भएको छ ।
अर्थ मन्त्रालयको रिपोर्टअनुसार यादव अमेरिका जाँदा उपचार खर्च मात्र होइन, तीनजनाका लागि आतेजाते हवाईभाडा, होटेल खर्च, डा.यादवलाई दैनिक तीन सय र सहयोगीलाई दैनिक डेढ सय डलर पनि राज्यकोषबाट नै खर्च भएको हो ।
अझ राष्ट्रपति भएका वेला उपचारका लागि जापान पनि गएका थिए । विशिष्ट पदमा भएको व्यक्तिको उपचारका लागि विदेश जाँदा सहायता नभएर राज्यको दायित्वका रूपमा खर्च हुने गरेको छ । त्यस्तै उपचारका लागि राज्यकोषबाट सबैभन्दा बढी रकम लिनेमा पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति दिवंगत सुशील कोइराला पर्छन् ।
उनको उपचारका लागि राज्यले नौपटक गरेर एक करोड ८७ लाख १७ हजार नौ सय ७४ रुपियाँ खर्च गरेको थियो ।
Comment