नेप्से २२.८५ अंकले बढ्यो, कारोबार रकम पनि बढेर ६ अर्ब ७२ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से २२.८५ अंकले बढेर २६४७.२२ बिन्दुमा पुगेको छ।

बिहीबार नेप्से ११.९३ अंकले बढेको थियो। बुधबार भने परिसूचक २१.१९ अंकले घटेको थियो। त्यसअघि नेप्से लगातार तीन कारोबार दिन बढेको थियो।

शुक्रबार बजारमा कुल ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार ५ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज कारोबारमा आएका कम्पनीमध्ये १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

कारोबार रकमका आधारमा वाणिज्य बैंकहरू अगाडि देखिएका छन्। कुमारी बैंकको ३२ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको २७ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, ग्लोबल आईएमई बैंकको २३ करोड २० लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।

शुक्रबार नेप्सेमा कारोबार रकमसँगै अधिकांश कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।