आज मिती २०७७ साल कार्तिक १७ गते सोमबार, तपाइँको आजको राशिफल कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक १७ गते । सोमबार । ईश्वी सन् २०२० नोभेम्बर ०२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–द्वितीया,४३ घडी १० पला,बेलुकी ११ बजेर २२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–कृतिका,४२ घडी ४३ पला,बेलुकी ११ बजेर २१ मिनेट उप्रान्त रोहिणी । योग–वरियान,अहोरात्र । करण–तैतिल,बिहान १० बजेर ३७ मिनेट उप्रान्त गर,बेलुकी ११ बजेर ३२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेट । दिनमान २७ घडी ३३ पला ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपूर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेम प्रसङमा आफ्नो मायालुलाई आफ्नै वरिपरि देख्न पाउदा मन खुसि हुनेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा बिलाशि सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपाईँकै पोल्टोमा पर्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा सन्तोषजनक बृद्धि हुनेछ । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जानेछ । घरपरिवारबाट साथ सहयोग प्राप्त हुनाले राम्रा काम गर्न सकिनेछ । स्वास्थ्य अनुकूल रहनेछ भने मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । व्यावसायिक क्षेत्रबाट राम्रै लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवा जनताको काम गरि पद प्राप्त गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) न्यून पारिश्रमिकमा दिनभर व्यास्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा औषधि उपचार खर्च हुनेछ । अन्यकाममा सहभागि हुँदा पढाइ लेखाइ भने थाति रहनेछ । तरपनि यात्राको तय हुनेछ भने बिदेशि भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ भने कलकारखाना र बन्दव्यापारबाट फाईदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक तथा सांस्कृतिक सभा समारोहमा सरिक भई आफ्नो प्रश्तुति दिन सकिनेछ । नोकरी तथा राजनीतिमा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ । लाभदायक यात्राको प्रशस्त सम्भावन रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइ तथा आफन्तसँग भेटघाट हुने योग रहेकोछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । जग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम थोरै समय दिएर फत्ते गर्न सकिनेछ । स्वास्थ्य सबल रहने हुनाले तपाईँबाट राम्रा हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्यात्म र दर्शनप्रति मन आकर्षित हुनेछ । प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजन र अग्रजको आशीर्वाद प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक,सांस्कृतिक गतिविधिमा सामेल हुने अवसर जुर्नेछ । सामाजिक क्षेत्रमा सक्रियता बढाई राम्रा काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय मध्ययम रहेकोले राम्रो बोल्दा बोल्दै बोलीको विपरीत अर्थ लगाई आलोचना गर्नेहरु शक्रिय हुनेछन् । शरीर भारि र मन अस्थिर हुन सक्छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । परिवारका सदस्य वा नजिकैको साथीसँग घरायसि कुरामा राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य सम्बन्धमा सुधार हुनेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मत भन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । व्यापार व्यावसायबाट मनग्गने धन आर्जन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानि गरि धन आर्जन गर्न सकिनेछ । पुराना नउठेका रकमहरु उठ्ने तथा लामो समय देखि देखिएका स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने अबिश्वासहरु चिर्दै रमाउन पाउदा मन प्रशन्न हुनेछ । बिवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइ अरु दिन भन्दा सुध्रियर जानेछ । सवार साधनी तथा भौतिक सम्पत्ति लाभ हुने योग रहेको छ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईँलाई सम्झिनेछन् । व्यापारिक माहोलमा दिन बित्ने तथा व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । मिठा मिठा परिकारका साथ रमाउन सकिनेछ । तरपनि खानपानमा ध्यान नदिदा सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्न सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाईने योग रहेकोछ । घरगृहस्थीमा समय खर्चिदा आफन्त तथा परिवारका सदस्य खुसि हुनेछन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आई खर्च बढ्न सक्छ ध्यान दिनुहोला । डुबेको धन उकास्न दौडधूप गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा सामाजिक काममा मन जाने भएपनि जनताको लालोचना होईनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रतिस्पर्धाको दौडमा विजयी प्राप्त हुनेछ भने नाम तथा दाम दुवै कमाउन सकिनेछ । कला कृतिसँग सम्बन्धीत पेशा व्यावसायमा समय खर्च गर्नेहरुका लागी समयले साथ दिनेछ । आयस्रोत सबल हुने तथा जीवन शैलीमा उल्लेख्य हुनेछ । भौतिक स्रोत साधन जुटाउदै नयाँ काम शुभारम्भ गर्न सकिनेछ । असर मित्र,शुभचिन्तक तथा जीवन साथीको सहयोगले राम्रा तथा उत्पादनमूखि काम गर्र्न सकिनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।