काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापना र भौतिक पुनर्निर्माणका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले बाढी प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले ७० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।
उक्त रकममध्ये बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ र कर्मचारीको तर्फबाट २० लाख रुपैयाँ योगदान गरिएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट सयौं नागरिकको ज्यान गएको, केही सम्पर्कविहीन रहेको तथा धेरै परिवार विस्थापित भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि पनि विभिन्न विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ ।
बैंकले आगामी दिनमा समेत सामाजिक उत्तरदायित्वअन्तर्गत सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।





Comment