काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित २ हजार ६९७ जनाको उद्धार गरिएको छ । आइतबार बिहान ७ बजेसम्म टिमुरे, स्याफ्रुवेशी, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत २ हजार ४ सय ९७ जना तथा स्थलमार्गबाट २ सय जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको हो ।
हेलिकप्टरमार्फत उद्धार गरिएकामध्ये २ सय १६ जना विदेशी नागरिक छन् । उद्धार गरिएका विदेशीमा १ सय २१ भारतीय, ७२ चिनियाँ, चार जर्मन, दुई अमेरिकी, दुई इटालियन, एक ओमानी र १५ कोरियाली नागरिक रहेका छन् ।
प्रभावित जिल्लाहरूमा नेपाली सेनाका ८ हजार ३ सयभन्दा बढी सैनिक खटिएर समन्वयात्मक रूपमा उद्धार तथा राहतको काम गरिरहेका छन् ।





Comment