कामना सेवा विकास बैंक बिदाको दिन पनि खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कामना सेवा विकास बैंकले सार्वजनिक बिदाका दिनमा पनि आफ्ना विभिन्न शाखाहरू खुला राख्ने भएको छ। बैंकले आगामी भदौ १३ र १४ गते बिदा परे तापनि ग्राहकको सुविधाका लागि निश्चित शाखाहरूबाट सेवा दिने जानकारी दिएको हो।

बैंकका अनुसार यी दुई दिन बिहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म बैंकका काउन्टरहरू खुला रहनेछन्।

भदौ १३ गते कोशी प्रदेशको विराटचोक, मधेश प्रदेशको वीरगन्ज, काठमाडौंको मुख्य शाखा, नारायणघाटको विकास चोक, पोखराको सिर्जनाचोक र बुटवलको कोटीहवा शाखा खुला रहनेछ । यसैगरी भदौ १४ गते कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको बर्दिबास, काठमाडौंको न्युरोड, नारायणघाटको दलदले, पोखराको अमरसिंह, बुटवलको मैनाबगर र पश्चिम क्षेत्रको नेपालगन्ज शाखा खुल्नेछ ।

‘प्रगतिको आधार, कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ बैंकले आफ्ना ग्राहकहरूलाई पर्व वा बिदाको समयमा पनि बैंकिङ सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले यो निर्णय गरेको बताएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।