काठमाडौं । १८औं नाडा अटो शो २०२६’ आगामी आजदेखि सुरू भएको छ ।
१४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने यो शोमा २ सयभन्दा बढी स्टलहरू रहेका छन् ।
मेलामा २३ वटा चारपाङ्ग्रे (यात्रुवाहक) ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५० वर्षे ऐतिहासिक यात्राको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ आयोजना गरेको हो ।
नाडाले हरेक वर्ष शो आयोजना गर्दै आइरहेको छ । सन् १९७५ मा नेपालका सीमित सवारीसाधन आयातकर्ता र व्यवसायीहरू मिलेर स्थापना गरेको सानो संगठन आज पाँच दशक पूरा गरी स्वर्ण जयन्ती मनाउने मोडमा आइपुगेको हो ।
मेलामा पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरण सम्बन्धी करिब ७० वटा कम्पनीका साथै १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू समेत सहभागी हुनेछन् ।





Comment