कामना सेवा विकास बन्यो साधारण सभा बोलाउने पहिलो बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कामना सेवा विकास बैंकले २०औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको सञ्चालक समितिको निर्णयअनुसार उक्त सभा आगामी २०८३ भदौ ३१ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली व्याङ्क्वेटमा आयोजना गरिने भएको छ।

बैंकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजाँदै छ। उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृत भइसकेको बैंकले जनाएको छ।

त्यसैगरी, बैंकका अग्राधिकार सेयरधनीहरूका हकमा सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा ९ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव रहेको छ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गर्ने र बाह्य लेखा परीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरूमाथि छलफल गरी पारित गरिनेछ।

बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि २०८३ भदौ १८ गते ‘बुक क्लोज’ गर्ने निर्णय गरेको छ। यसको अर्थ, २०८३ भदौ १७ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

गत वर्ष बैंकले बोनस सेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।