ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट । जाजरकोटको छेडागाड गाउँपालिकामा आज बिहान डिजेल बोकेको ट्रयाक्टर दुर्घटना भएको छ। दुर्घटनामा सहचालकको मृत्यु भएको छ।

सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका–६  जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना भएको हो। छेडागाड नगरपालिका–१० धारामा दुर्घटना हुँदा कुशे गाउँपालिका–६ का २४ वर्षीय सहचालक रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ट्रयाक्टर डिजेल बोकेर कुशे गाउँपालिकातिर गएको थियो। जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीबजारबाट ट्रयाक्टरमै तेल ढुवानी हुने गरेको छ। -रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।