काठमाडौं । नेपाल राष्ट्र बैंकले (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारको विनिमयदर घटेको छ।
तर, अस्ट्रेलियन डलरसहित केही मुद्राको विनिमयदर भने बढेको राष्ट्र बैंकले जनाएको छ।
आज पाउन्ड स्ट्रलिङको विनिमयदर भने स्थिर छ।
हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको थियो भने युरोको मूल्य भने घटेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ थियो।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ७६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ। हिजो पनि पाउन्ड स्ट्रलिङको विनिमयदर यही थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९६ पैसा थियो।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ४५ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ २६ पैसा र बिक्रीदर ४९८ रुपैयाँ २१ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ १९ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ७८ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर






Comment