काठमाडौं । नेपालका लागि आइकारको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले नयाँ हाइब्रिड अफरोड एसयूभी ‘आइकार भी२७’ नेपालमा सार्वजनिक गरेको छ । नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा सार्वजनिक गरिएको भी२७ को नियमित मूल्य ५३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नाइमा एक्स्पो विशेष अफरअन्तर्गत कम्पनीले भी२७ को मूल्य ५० लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ ।
आइकार भी२७ मा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिनसँग ३४.३ किलोवाट–आवर क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले प्योर इलेक्ट्रिक मोडमा करिब १४५ किलोमिटर यात्रा गर्न सक्छ । पूर्ण इन्धन ट्यांकीसहित यसको कुल रेन्ज करिब १ हजार २०० किलोमिटर पुग्ने दाबी गरिएको छ ।
भी२७ को अल–ह्विल ड्राइभ मोडलले अधिकतम ३३५ किलोवाट पावर तथा ५०५ न्युटन मिटर टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
यसको ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ५.५ सेकेन्डमै पुग्ने दाबी गरिएको छ । हाइब्रिड पावरट्रेनसँगै अल–ह्विल ड्राइभ प्रणालीका कारण एसयूभीलाई सहरी सडकसँगै अफरोड यात्राका लागि समेत लक्षित गरिएको कम्पनीले जनाएको छ ।
आइकार भी२७ को लम्बाइ ५ हजार ५५ मिलिमिटर, चौडाइ १ हजार ९७६ मिलिमिटर र उचाइ १ हजार ८९४ मिलिमिटर रहेको छ । यसको ह्विलबेस २ हजार ९१० मिलिमिटर छ ।
हाइब्रिड प्रविधि, अल–ह्विल ड्राइभ र लामो कुल रेन्जलाई मुख्य विशेषताका रूपमा प्रस्तुत गरिएको भी२७ ले नेपाली बजारमा मध्यम मूल्य खण्डका प्रिमियम एसयूभीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।





Comment