नेप्सेमा ९ अंकको गिरावट, ३ अर्ब ६७ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा ९ अंकको गिरावट आएको छ । सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०४ अंकले घटेर २६४१.०५ बिन्दुमा बन्द भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको शुक्रबार पनि नेप्से १३.८२ अंकले घटेको थियो ।

आज नेप्सेमा कुल ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार भने नेप्सेमा कुल ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर मूल्य बढ्दा १८० कम्पनीको घटेको छ । यस्तै, १४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।