नुवाकोटमा आज थपिए २६ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नुवाकोटमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार शुक्रबार गरिएको परीक्षणमा १७ पुरुष र ९ महिलामा कोेरोना संक्रमण्म देखिएको हो ।

जसमा विदुर नगरपालिकामा ११ जनामध्ये ४ महिला र ७ पुरुष, बेलकोटगढी नगरपालिकामा १४ जनामध्ये ९ पुरुष र ५ महिला र सूर्यगढी गाउँपालिकामा १ जना पुरुष रहेका छन् ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ४६७ पुगेको छ जसमध्ये ३ सय ४४ पुरुष र एकसय २३ महिला रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा बेलकोटगढी नगरपालिकाका एक पुरुष कोरोना निको भएर घर फर्किएका छन् । यो सँगै १८४ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।