काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकद्धारा आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय, दरबमारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ ।
स्तनपान गराईरहेका महिला कर्मचारीहरुलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्धेश्यले शिशु स्याहार कक्ष तथा डे केयरको स्थपना गरिएको हो ।
हिजो आयोजित एक कार्यक्रमकाबीच महालक्ष्मी महिला नेतृत्व तथा विकास फोरमको अध्यक्षले उक्त स्याहार कक्षको उद्घाटन गरेका हुन् ।
महिला कर्मचारीहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्दै संस्थागत विकासमा थप प्रभावकारी भुमिका निर्वाह गराउने, पेशागत दक्षता तथा आत्मविश्वास अभिवृद्धि गर्ने, कार्यस्थलमा समान अवसर र समावेशी वातावरणलाई प्रवद्र्धन गर्ने तथा महिला सशक्तिकरण सम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने लगायतका गतिविधिहरु गर्दैै आएको उक्त फोरम बैंकको ३२ औं वार्षिक उत्सवको अवसरमा गठन गरिएको थियो ।
महालक्ष्मी विकास बैंकले समावेशिता र लैङ्गिक समानतालाई प्राथमिकतामा राख्दै आएको छ । कर्मचारीमैत्री, परिवारमैत्री तथा समावेशी कार्यसंस्कृती निर्माण गर्दै मातृत्वप्रतिको सम्मान, कार्य–जीवन सन्तुलन तथा कर्मचारी कल्याणलाई प्रबद्र्धन गर्ने बैंकको र्दीघकालीन प्रतिबद्धताको निरन्तरता स्वरुप यो पहल गरिएको हो ।
यस अवसरमा बैंकले सबै कार्यस्थलहरुलाई मातृत्व मैत्री वातावरण निर्माण तर्फ अग्रसर हुन आग्रह गर्दै आफ्ना कर्मचारीहरुको स्वास्थ्य, सम्मान र समग्र कल्याण प्रति सदैव प्रतिबद्ध रहने विश्वास समेत व्यक्त गरेको छ ।



Comment