स्वर्ण वर्षमा नाडा अटो शो २०२६, अग्रिम टिकटमा ५० प्रतिशतसम्म छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५०औँ स्वर्ण वर्षको अवसरमा ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। प्रदर्शनी आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

स्वर्ण वर्षलाई विशेष बनाउने उद्देश्यसहित नाडाले डिजिटल टिकट खरिद गर्ने अवलोकनकर्ताका लागि ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुट योजना सार्वजनिक गरेको छ। यो सुविधा खल्ती सँगको सहकार्यमा ल्याइएको हो।

नाडाका अनुसार खल्ती एपमार्फत वा आयोजकले उपलब्ध गराएको आधिकारिक क्यूआर कोड स्क्यान गरी अग्रिम टिकट खरिद गर्नेहरूले साधारण (जनरल) तथा विद्यार्थी दुवै श्रेणीका टिकटमा ५० प्रतिशत छुट पाउनेछन्। यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहने भएकाले इच्छुक अवलोकनकर्तालाई समयमै टिकट खरिद गर्न आग्रह गरिएको छ।

यस वर्षको अटो शोमा विद्युतीय (ईभी) तथा इन्धनबाट चल्ने दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन, नवीनतम अटोमोबाइल प्रविधि, स्पेयर पार्ट्स, लुब्रिकेन्ट, वित्तीय सेवा तथा बिमा सेवासम्बन्धी स्टलहरू रहनेछन्।

नाडाले आफ्नो ५० वर्षे यात्रालाई उत्सवका रूपमा मनाउँदै अटोमोबाइल क्षेत्रका नवीनतम प्रविधि, नवप्रवर्तन र बजार प्रवृत्तिबारे जानकारी लिन अटोप्रेमी, युवा तथा विद्यार्थीलाई प्रदर्शनी अवलोकन गर्न आग्रह गरेको छ।

नाडा अटो शो नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीमध्ये एक मानिन्छ, जहाँ सवारीसाधन उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकहरू एउटै थलोमा उपस्थित हुने गर्छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।