बीवाईडीले भारतमा ‘डेन्जा डी-९’ लक्जरी एमपिभी सार्वजनिक गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड ‘डेन्जा’लाई भारतीय बजारमा भित्र्याउने तयारी गरेको छ । यसअन्तर्गत ‘डेन्जा डी-९’ लक्जरी एमपिभी पहिलो मोडलका रूपमा सार्वजनिक हुने बताइएको छ ।

रिपोर्टका अनुसार यो गाडी आगामी तिहारको आसपासमा वा सन् २०२७ को सुरुमा आयोजना हुने ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो’मा सार्वजनिक हुने सम्भावना छ ।

यसले मुख्य रूपमा टोयोटा वेलफायर र एमजी एम-९ जस्ता महंगा र विलासी गाडीहरूसँग प्रतिस्पर्धा गर्नेछ । सुरुमा यसको पूर्ण इलेक्ट्रिक संस्करण ल्याइने प्राथमिकता रहे पनि पछि प्लग-इन हाइब्रिड मोडल पनि आउन सक्ने बताइएको छ ।

डेन्जा ब्रान्डको सुरुवात सन् २०१० मा बीवाईडी र प्रसिद्ध सवारी निर्माता मर्सिडीज-बेन्जको संयुक्त लगानीमा भएको थियो । सन् २०२४ देखि यसको पूर्ण स्वामित्व बीवाईडीले लिएको भए तापनि यसको डिजाइन र प्रविधि विकासमा मर्सिडीज-बेन्जको सहयोग र साझेदारी अझै कायम छ ।

डेन्जा डी-९ आकारमा निकै ठूलो र फराकिलो छ, जसको लम्बाइ ५,२५० एमएम र ह्विलबेस ३,११० एमएम रहेको छ । यसको भित्री बनावट (क्याबिन) सात सिटको तीन लहरमा उपलब्ध छ, जहाँ दोस्रो लहरका ‘क्याप्टेन सिट’हरू सबैभन्दा आकर्षक मानिएका छन् । ती सिटहरूमा मसाज, हिटिङ, भेन्टिलेसन र खुट्टा आरामका लागि एक्स्टेन्डेबल लेग रेस्ट जस्ता सुविधाहरू छन् ।

यो गाडी अत्याधुनिक प्रविधि र सुविधाहरूले सुसज्जित छ । यसमा घुमाउन मिल्ने ठूलो टचस्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, प्यानोरामिक सनरुफ र लेभल-२ को एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम जस्ता सुरक्षा फिचरहरू छन् । यसको इलेक्ट्रिक भर्सनमा १०३ किलोवाट आवरको ‘ब्लेड ब्याट्री’ प्रयोग गरिएको छ, जसले एक पटकको फुल चार्जमा ६०० किलोमिटरभन्दा बढीको रेन्ज दिन्छ ।

त्यस्तै, यसको हाइब्रिड भर्सनले ब्याट्री र इन्धन दुवैको प्रयोगबाट १,००० किलोमिटरभन्दा बढीको यात्रा तय गर्न सक्ने दाबी गरिएको छ । फास्ट चार्ज र गाडीबाट अन्य उपकरण चलाउन मिल्ने सुविधाले यसलाई थप प्रभावकारी बनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।