सभामुख पदबाट पछि हट्यो कांग्रेस, उपसभामुखमा सहमतिको प्रयास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदको लागि उम्मेदवारी नदिने भएको छ।  मंगलबार दलको संसदीय कार्यालय सिंहदरबारमा बसेको बैठकले सभामुखमा उम्मेद्वारी नदिने निर्णय गरेको छ । 

नेकपासँग स्पष्ट बहुमत पनि भएको र सभामुख पद तटस्थ हुनुपर्ने भएकोले कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेको तर्क छ ।   संसदीय दलको बैठकमा उपसभामुख पदमा उम्मेदवारी दिने या नदिने विषयमा छलफल नै नभएको जनाईएको छ ।   

संविधानअनुसार सभामुख र उपसभामुख पद फरक दल र फरक लिंगको हुनुपर्ने छ।  नेकपाले सभामुख पदको लागि अग्‍निप्रसाद सापकोटालाई उठाउने निर्णय गरिसकेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।