नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राखी विगत साउन १४ गतेदेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबीच गएराति १९ बुँदे सहमति भएको छ। सहमतिसँगै रानाभाटने आफ्ना सम्पूर्ण अनसनका कार्यक्रमहरू अन्त्य गरेकी छिन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, ब. मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र ओझा र कानुन अधिकृत जय प्रसाद सुबेदी तथा अभियन्ता रानाभाटबिच सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सहमति अनुसार सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूमा कार्यरत नर्स, मिडवाइफ र स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सेवा सुविधा निर्धारणका लागि ७ दिनभित्र कार्यदल गठन गरी ६ महिनाभित्र काम सम्पन्न गरिनेछ।

अस्पतालहरूमा ‘मिनिमम सर्भिस स्ट्यान्डर्डु र ‘पेशेन्ट सेफ्टी’ अनिवार्य लागू गर्ने, छात्रवृत्ति प्राप्त स्वास्थ्यकर्मी परिचालन निर्देशिका परिमार्जन गर्ने, ुएक स्वास्थ्यकर्मी-एक स्वास्थ्य संस्था’ मापदण्ड परिमार्जन गर्ने, तथा प्रवेश परीक्षा नीति सुधार गर्नेजस्ता तत्काल कार्यान्वयन गर्नुपर्ने विभिन्न बुँदाहरूमा सहमति जुटेको छ।

दीर्घकालीन र नीतिगत सुधारका लागि नर्सरमिडवाइफ र बिरामीको अनुपात कायम गर्न दरबन्दी सिर्जना गर्ने, करार सेवालाई क्रमशः हटाएर स्थायी पदपूर्ति गर्ने, स्वास्थ्य सेवा ऐन परिमार्जन गरी नर्सिङ क्षेत्रका लागि कम्तीमा २५ प्रतिशत जोखिम भत्ता सुनिश्चित गर्ने तथा विशेषज्ञ पद सिर्जनाका लागि कार्यदल गठन गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।