नेपाल टेलिकमले पुस मसान्तसम्ममा बक्यौता बुझाए जरिवाना छुट दिने, अटेर गरे कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि पुराना बक्यौता महशुल भुक्तानीमा विशेष सहुलियतको घोषणा गरेको छ । टेलिकमले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८०/८१ सम्मको दूरसञ्चार सेवा उपभोग गरे बापतको बाँकी रकम बुझाउँदा लाग्ने जरिवानामा पूर्ण छुट दिने निर्णय गरेको हो ।

टेलिकमका अनुसार ग्राहकहरूले आगामी २०८३ साल पुस मसान्तभित्र आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गई बाँकी रहेको बक्यौता रकम भुक्तानी गरेमा जरिवाना तिर्नु पर्ने छैन । लामो समयदेखि महशुल तिर्न बाँकी रहेका ग्राहकहरूलाई यो अवसरको सदुपयोग गर्न कम्पनीले आग्रह गरेको छ ।

जरिवाना छुटको सुविधा दिँदा पनि बक्यौता भुक्तानी नगर्ने ग्राहकहरूको हकमा भने टेलिकमले कडा कदम चाल्ने जनाएको छ । तोकिएको समयभित्र रकम नबुझाउने ग्राहकहरूको नाम, ठेगानासहितको विस्तृत विवरण कम्पनीको वेबसाइट तथा राष्ट्रिय स्तरका पत्रिकाहरूमा सार्वजनिक गरिने टेलिकमले जनाएको छ ।

साथै, अटेर गर्ने ग्राहकहरूबाट सरकारी बाँकी सरह असुली प्रक्रिया अगाडि बढाइने समेत सूचनामा उल्लेख छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।