पेट्रोल र डिजेलको मूल्य बढ्यो‚ ग्यासको यथावत्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

अन्तर्राष्ट्रिय बजारमा लगातार भइरहेको मूल्यवृद्धिका कारण भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै सीमित मात्रामा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

निगम सञ्चालक समितिको निर्णयअनुसार साउन १८ गते बिहान १२:०१ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढाइएको हो। त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौँका लागि) मा प्रतिकिलो लिटर १३१ अमेरिकी डलरले वृद्धि गरिएको छ।

खाना पकाउने (एलपी) ग्यासको मूल्य भने यथावत् राखिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक करिब एक अर्ब ४९ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा भइरहेको निरन्तर मूल्यवृद्धिका कारण सिर्जित अवस्थालाई ध्यानमा राख्दै निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।