नेपाली बजारमा प्रवेशसँगै भिडाले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । हिरो मोटोकर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड ‘भिडा’ले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको छ। यससँगै कम्पनीले विश्वव्यापी विस्तार अभियानको सुरुआत नेपालबाट गरेको जनाएको छ।

कम्पनीले नेपाली बजारमा दैनिक प्रयोगका लागि डिजाइन गरिएको ‘भिडा भीजेड२ इभुटर’ सिरिज तथा युवापुस्तालाई लक्षित ‘भिडा डिर्ट इके–३’ विद्युतीय अफ–रोड मोटरसाइकल उपलब्ध गराएको छ।

भिडा भीजेड२ इभुटरमा अत्याधुनिक प्रविधि, लामो रेन्ज र उच्च कार्यक्षमता समावेश गरिएको कम्पनीको दाबी छ। त्यस्तै, भिडा डिर्ट इके–३ ले युवापुस्तालाई सुरक्षित र रोमाञ्चक विद्युतीय अफ–रोड राइडिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

नेपालमा भिडाका उत्पादनहरू सीजी मोटर्समार्फत आधिकारिक रूपमा बिक्री–वितरण गरिनेछ। हिरो मोटोकर्पअन्तर्गत इमर्जिङ मोबिलिटी बिजनेस युनिटकी प्रमुख व्यापार अधिकृत कौशल्या नन्दकुमारले नेपाल विद्युतीय सवारीसाधनका लागि महत्वपूर्ण बजार रहेको बताइन्।

उनले नेपालबाट भिडाको अन्तर्राष्ट्रिय यात्रा सुरु हुनु कम्पनीका लागि गर्वको विषय भएको उल्लेख गर्दै नेपाली ग्राहकलाई प्रिमियम, भरपर्दो र आधुनिक विद्युतीय दुईपांग्रे अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको बताइन्।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाल दिगो तथा हरित यातायाततर्फ तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै भिडाको प्रवेशले विद्युतीय सवारीको प्रयोगलाई थप गति दिने विश्वास व्यक्त गरे।

उनका अनुसार दैनिक प्रयोगकर्ता र नयाँ पुस्ताका राइडरहरूको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएका यी उत्पादनहरूले नेपालको दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।