ठूलो ब्याट्री क्षमतासहितको नयाँ टाटा पन्च ईभी, यस्ता छन् फिचर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा नयाँ टाटा पन्च ईभी सार्वजनिक गर्ने भएको छ।

कम्पनीका अनुसार नयाँ पन्च ईभी ठूलो ब्याट्री क्षमतासहित आउनेछ। आकर्षक डिजाइन, दमदार लुक्स तथा आधुनिक प्रविधिले सुसज्जित यो विद्युतीय एसयूभी नेपाली ग्राहकको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको बताइएको छ।

उच्च ग्राउन्ड क्लियरेन्स रहेको पन्च ईभी विभिन्न प्रकारका सडकमा सहज रूपमा सञ्चालन गर्न सकिने कम्पनीको दाबी छ। यसमा फाइभ-स्टार सुरक्षा रेटिङ प्राप्त सुरक्षा सुविधाहरू समावेश भएकाले यात्रुहरूलाई सुरक्षित यात्रा अनुभव प्रदान गर्ने जनाइएको छ।

शक्तिशाली प्रदर्शन र उत्कृष्ट ड्राइभिङ अनुभवका साथ आउने यो गाडीले प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि, आरामदायी यात्रा तथा भरपर्दो विद्युतीय गतिशीलता प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

सिप्रदी ट्रेडिङका अनुसार नयाँ टाटा पन्च ईभी नेपाली सडकको अवस्था र प्रयोगकर्ताको जीवनशैलीअनुसार उपयुक्त विद्युतीय एसयूभीका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। कम्पनीले निकट भविष्यमा यसको मूल्य, प्राविधिक विवरण तथा उपलब्धताबारे थप जानकारी सार्वजनिक गर्ने जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।