राष्ट्रिय परिचयपत्र विभागमा सय जनालाई रोजगारीको अवसर, तलब ३६ हजार भन्दा माथी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना प्रकाशित गरी दर्ता अपरेटर पदमा करारमा १ सय कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुकले कात्तिक १३ देखि १५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन्। यहाँ क्लिक गरी युजर आईडी बनाएर अनलाइन दरखास्त फाराम पेश गर्न सक्ने छन् ।

लिखित परीक्षा १३ मंसिरमा हुने विभागले निकालेको सूचनामा उल्लेख छ। परीक्षाको कार्यक्रम भने विभागको वेबसाइटमा प्रकाशन गरिनेछ। आवेदन दस्तुर भने निःशुल्क भनिएको छ।

दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ।

न्यूनतम शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह वा प्लस टु उतिर्ण गरेको तथा कम्तिमा ३ महिनाको कम्प्युटर सम्बन्धी तालिम प्राप्त गरेको वा प्रविणता प्रमाणपत्र तह वा सो सरह वा सो भन्दा माथिल्लो तहमा एकसय पूर्णाङ्कको कम्प्युटर विषय राखी उक्त तह उतिर्ण गरेको भएमा छुट्टै तालिमको प्रमाणपत्र आवश्यक नपर्ने जनाइएको छ।

सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारवाहीमा नपरेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ। काम गरेको दिनको मात्र दैनिक १२ सयका दरले पारिश्रमिक उपलब्ध गराइने जनाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।