मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भन्ने राजेश झा जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका छन्।

सोमबार जिल्‌ला अदालतकाठमाडौँका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अहिराजलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेसी अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।

दोषी ठहर भएका झालाई कति सजाय हुने भन्ने असार ३२ गते निर्धारण हुनेछ। उनीविरुद्ध एक महिलाले २०८१ जेठ ४ गते एक महिलाले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्।

काठमाडौंको नयाँबानेश्वरस्थित आफ्‌नै डेरामा बलात्कार गरेको आरोप ती महिलाले लगाएकी थिइन्।

झाले भने ती महिलाविरुद्ध उल्टै जाहेरी दिएका थिए। दुवै पक्षको जाहेरीपरेपछि अनुसन्धान नै अगाडि नबढाएको प्रहरीले २०८२ साउन ४ गते मात्रै पक्राउ गरेको थियो। १० दिनपछि उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उनलाई डिल्लीबजार कारागारमा राखिएको छ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ फागुन ७ गते झालाई मधेश प्रदेशको प्रमुखमा नियुक्त गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।