बौद्ध महाँङ्कालमा निःशुल्क आँखा शिविर सम्पन्न, २५६ जनाले लिए सेवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिका–६ अन्तर्गत बौद्ध महाँङ्कालमा सक्रिय आमा समूहको आयोजनामा एकदिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

२०८३ साल असार २७ गते आयोजित उक्त शिविरमा भिजन कन्सर्न आँखा क्लिनिक एण्ड अप्टिकलको प्राविधिक सहयोग रहेको थियो। शिविरमा स्थानीयवासीको उत्साहजनक सहभागिता रहँदा कुल २५६ जनाले निःशुल्क आँखा परीक्षण सेवा लिएका छन्।

कार्यक्रमको शुभारम्भ स्थानीय ज्येष्ठ नागरिक ९५ वर्षीय आमा र दम्पती गजुरेलको आँखा परीक्षण गरी गरिएको आयोजकले जनाएको छ। शिविरमार्फत स्थानीय बासिन्दाले निःशुल्क आँखा परीक्षणका साथै आवश्यक परामर्शसमेत प्राप्त गरेका थिए।

सक्रिय आमा समूहकी अध्यक्ष नानू दाहालले समुदायको स्वास्थ्य प्रवर्द्धनका लागि आयोजना गरिएको शिविरमा सहभागी हुने सेवाग्राही, प्राविधिक टोली तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबै सहयोगीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

आयोजकका अनुसार समुदायमा आँखा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने तथा सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। स्थानीयवासीले पनि यस्तो कार्यक्रमले विशेष गरी ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर वर्गलाई प्रत्यक्ष लाभ पुगेको प्रतिक्रिया दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।