सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको बागमती प्रदेश समितिमा नयाँ नेतृत्व चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ, नेपाल बागमती प्रदेश समितिको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ।

अधिवेशनबाट गुलाब कुमार चौधरी (मकवानपुर) अध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी जानुका बराल (ललितपुर) र सुरेश सुवेदी (धादिङ) उपाध्यक्षमा चयन भएका छन्। भिम लामा (काभ्रेपलाञ्चोक) महासचिव, अशोक महर्जन (ललितपुर) सचिव तथा दिपक घिमिरे (नुवाकोट) कोषाध्यक्षमा निर्वाचित भएका छन्।

यसैगरी सदस्यहरूमा सुमन सुवाल (भक्तपुर), डिग बहादुर श्रेष्ठ (काठमाडौं), रमेश तिमल्सिना (मकवानपुर), रबिना खोखाली (सिन्धुपाल्चोक) र विवेक आचार्य (दोलखा) निर्वाचित भएका छन्।

अधिवेशनलाई सम्बोधन गर्दै सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका अध्यक्ष उमिद बागचन्दले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै बागमती प्रदेश समितिले सूचनाको हकको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। उनले नवनिर्वाचित नेतृत्वले संगठनलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउँदै प्रदेशभर सूचनाको हकसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने अपेक्षा समेत व्यक्त गरे।

सरकार तथा सार्वजनिक निकायका गतिविधिबारे नागरिकले सहज, सरल र समयमै सूचना प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै सूचनाको हकको पैरवी गर्दै आएको महासङ्घले प्रदेशस्तरमा आफ्नो अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

अधिवेशनपछि निर्वाचन समितिका संयोजक तथा अधिवक्ता सन्तोष भण्डारीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।

महासङ्घले बागमती प्रदेशभर सूचनाको हकको संरक्षण, प्रवर्द्धन तथा कार्यान्वयनलाई प्रभावकारी बनाउँदै लोकतन्त्र, सुशासन, पारदर्शिता र नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्न आगामी दिनमा थप सक्रियताका साथ काम गर्ने जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।