दर्ता नगरी संचालनमा रहेका १५ कन्सल्टेन्सीका १८ जना संचालक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दर्ता नगरी सञ्चालनमा रहेका १५ वटा शैक्षिक कन्सल्टेन्सीका १८ जना सञ्चालकलाई पक्राउ गरेको छ।

अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सीहरू फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसरमा पठाइएको हो । पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर र २ जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

कारबाहीमा परेका कन्सल्टेन्सीहरूमा गुरुबा/स्टडी ग्लाइडर, लेक्सिको एजुकेशन, पास्कल एजुकेशन, एपिटोम एजुकेशन, मेघाटेक एजुकेशन स्किल पोइन्ट एजुकेशन भाइब्रेन्ट एजुकेशन, ड्रीम एजुकेशन, युनिभर्सल गेटवे, भिक्टोरी एजुकेशन, २४ आवर्स एजुकेशन, ग्रिनर एजुकेशन, ग्लोबल इम्प्याक्ट उरेशी एजुकेशन र ब्लुम रहेका छन् । शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाहरूलाई कानुनी दायराभित्र रही सञ्चालन गर्न सम्बन्धित निकायले आग्रह गरेको छ। साथै, यस्ता अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइने जनाइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।