चितवन । गृहमन्त्री सुधन गुरुङ ले चितवनस्थित एक होटलमा अम्लेट खाने क्रममा माछाको काँडा भेटिएको छ।
मन्त्रीको सचिवालयका अनुसार मंगलबार लड्स प्लाजा होटल मा अम्लेट सेवन गर्ने क्रममा काँडा फेला परेको हो।
घटनापछि खाद्य प्रविधि तथा गुण नियन्त्रणसँग सम्बन्धित निकायले होटल सञ्चालकसँग अखाद्य वस्तु मिसिएको विषयमा सोधपुछ गरेको सचिवालयले जनाएको छ।
यद्यपि, उक्त घटनाका सम्बन्धमा होटलका कुनै पनि कर्मचारीलाई पक्राउ नगरिएको भन्दै मन्त्रीको सचिवालयले स्पष्ट पारेको छ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया सम्बन्धित निकायबाट अघि बढाइएको जनाइएको छ।

Comment