जनमतको उन्मादले दलहरू दुर्घटनामा परे, रास्वपा सचेत रहोस् : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले विगतमा राजनीतिक दलहरू ठूलो जनमत प्राप्त गरेपछि सत्ताको उन्मादमा फसेर दुर्घटनामा परेको बताएका छन्।

भरतपुरमा आइतबार आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले रास्वपाले प्राप्त गरेको जनमत लोभलाग्दो रहेको भन्दै त्यसको खुलेर प्रशंसा गरे।

“रास्वपाले पाएको जनमत लोभलाग्दो छ। म त्यसको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु,” उनले भने।

थापाले नेपालका विभिन्न राजनीतिक दलहरूले विगतमा पनि ठूलो जनसमर्थन प्राप्त गरेको स्मरण गर्दै जनमतसँगै आउने जिम्मेवारीलाई सही रूपमा बुझ्न नसक्दा समस्या उत्पन्न भएको बताए।

उनले भने, “नेताहरूबीच अहंकारको टकराव भयो, व्यक्तिहरूबीच द्वन्द्व भयो। जनमतले दिएको शक्तिको सीमा हुन्छ भन्ने बुझिएन। त्यसले सत्ताको उन्मादमा चढायो र अप्रजातान्त्रिक व्यवहारतर्फ डोर्‍यायो। परिणामस्वरूप जनमत नै दुर्घटनामा पर्‍यो।”

महामन्त्री थापाले रास्वपालाई विगतका राजनीतिक दलहरूले गरेका कमजोरीबाट पाठ सिक्न आग्रह गर्दै जनमतको सम्मान र लोकतान्त्रिक अभ्यासलाई निरन्तर मजबुत बनाउन सुझाव दिए।

उनले रास्वपाले जनमतको उन्माद वा आन्तरिक टकरावका कारण कुनै पनि प्रकारको दुर्घटनाको सामना गर्न नपरोस् भन्ने शुभकामना व्यक्त गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।