अल न्यु किया के३ सेल्टोस नेपाली बजारमा, कति छ मूल्य ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । किया गाडीको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नेपाली बजारमा ‘अल न्यु किया के३ सेल्टोस’ सार्वजनिक गरेको छ।

काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा आयोजित विशेष समारोहबीच तेस्रो पुस्ताको यो प्रिमियम एसयुभी सार्वजनिक गरिएको हो। कम्पनीका अनुसार नयाँ सेल्टोसमा डिजाइन, सुरक्षा, प्रविधि, आराम तथा कार्यक्षमतामा व्यापक सुधार गरिएको छ।

कियाको नयाँ ‘के३’ प्लेटफर्ममा निर्माण गरिएको एसयुभीमा अघिल्लो संस्करणको तुलनामा ठूलो तथा मजबुत बडी संरचना प्रयोग गरिएको छ। यसले क्याबिनलाई थप फराकिलो बनाउनुका साथै उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

सुरक्षा र प्रविधिका दृष्टिले पनि नयाँ के३ सेल्टोसलाई उन्नत बनाइएको छ। यसमा ‘लेभल–२ एडास’), २१ वटा स्ट्यान्डर्ड सुरक्षा सुविधा तथा ६ वटा एयरब्याग समावेश गरिएका छन्। सुरक्षा परीक्षणमा यसले बीएनसीएपीबाट ५-स्टार रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ, जुन यस वर्गका सवारीसाधनमध्ये उत्कृष्ट मानिन्छ।

यसका अतिरिक्त गाडीमा प्यानोरामिक डिस्प्ले, प्यानोरामिक सनरुफलगायतका आधुनिक फिचरहरू उपलब्ध छन्।

कार्यक्रममा बोल्दै किया नेपालकी कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले नयाँ किया के३ सेल्टोसले नेपाली ग्राहकलाई अत्याधुनिक प्रविधि र उच्च सुरक्षा प्रदान गर्ने कियाको प्रतिबद्धतालाई थप बलियो बनाएको बताइन्।

कम्पनीले नयाँ एसयुभीका चारवटा भेरियन्टको मूल्यसमेत सार्वजनिक गरेको छ। एचटीके (ओ) भेरियन्टको मूल्य ६८ लाख ९० हजार रुपैयाँ, एचटीके (ओ) आईभीटीको ७५ लाख ९० हजार रुपैयाँ, एचटीएक्स (ए) आईभीटीको ८५ लाख ९० हजार रुपैयाँ तथा सबैभन्दा प्रिमियम एक्स–लाइन (ए) ७डीसीटीको मूल्य ९५ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ।

कम्पनीका अनुसार नयाँ के३ सेल्टोस अघिल्लो पुस्ताको सेल्टोससँगै बिक्री गरिनेछ, जसले ग्राहकलाई मूल्य र सुविधाका आधारमा थप विकल्प उपलब्ध गराउनेछ।

नेपालमा ३५ वर्षभन्दा लामो समयदेखि अटोमोबाइल क्षेत्रमा सक्रिय कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले किया ब्रान्डमार्फत नेपाली ग्राहकको विश्वास जित्दै आएको जनाएको छ। नयाँ के३ सेल्टोस देशभर रहेका किया नेपालका आधिकारिक डिलर नेटवर्कमार्फत बिक्रीका लागि उपलब्ध भइसकेको कम्पनीले जानकारी दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।