काठमाडौं । पाँच पटकको च्याम्पियन ब्राजिल अफ्रिकन पावरहाउस मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ। न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार आइतबार बिहान अमेरिकाको न्यु जर्सीमा भएको ब्राजिल र मोरक्कोबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको २१औँ मिनेटमा इस्माइल साइबारीको गोलमार्फत मोरक्कोले अग्रता कायम गरेको थियो । तर, त्यसको ११ मिनेटपछि ब्राजिलले गोल फर्कायो । ३२औँ मिनेटमा ब्राजिलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा भने कुनै पनि गोल हुन सकेन ।
विश्वकप इतिहासमा ब्राजिल र मोरक्कोबीच यो दोस्रो खेल हो । सन् १९९८ को विश्वकपको समूह चरण खेलमा ब्राजिल र मोरक्कोबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा ब्राजिल विजयी भएको थियो ।
यस बराबरीसँगै दुवै टोलीले समान १–१ अङ्क बाँडेका छन्। समूह ‘सी’ अन्तर्गत अब ब्राजिलले कमजोर मानिएको हाइटीसँग खेल्नेछ भने मोरक्कोले स्कटल्यान्डको सामना गर्नेछ।

Comment