काठमाडौँ । सेलुसिटी इन्टरनेशनल प्रालिले एंकर र साउन्डकोरको ‘पावर हंगामा २०२४’ अभियानका विजेताहरूलाई पुरस्कार वितरण गरेको छ।
काठमाडौँमा आयोजित समारोहमा लक्की ड्रमार्फत छनोट भएका विजेताहरूलाई बम्पर उपहारस्वरूप एक कार, दुई वटा रोयल इनफिल्ड बुलेट मोटरसाइकल, दुई विदेश भ्रमण प्याकेज, दुई वासिङ मेसिन तथा तीन सुनका सिक्का प्रदान गरिएको कम्पनीले जनाएको छ।
ग्राहकको उत्साहजनक सहभागितासहित सम्पन्न अभियानको सफलताप्रति कम्पनीले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता आकर्षक योजना ल्याइने जनाएको छ।

Comment