ट्राफिक प्रहरीको कारबाहीबाट एकैदिन १८ लाख ८१ हजार रुपैयाँ संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्राफिक प्रहरीको कारबाहीबाट एकैदिन १८ लाख ८१ हजार रुपैयाँ संकलन भएको छ । बितेको २४ घण्टामा कारबाहीमा परेका २ हजार २२३ सवारी चालकबाट १८ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५०, संकेत बत्ती उल्लंघनकर्ता १७७ र तीव्र गतिमा सवारीसाधन हुइँकाएका ११८ जना कारबाहीमा परेका थिए ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६१, निषेधित क्षेत्रमा हर्न बजाउने १५४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १२० र अन्य सवारी नियम पालना नगरेका एक हजार २५१ जना पनि कारबाहीमा परेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।