जेभरेभलाई पहिलो ग्रान्ड स्लाम उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस । जर्मनीका एलेक्ज्याण्डर जेभरेभले आफ्नो खेल जीवनकै पहिलो ग्रान्ड स्लाम उपाधि जितेका छन्।

मुख्य उपाधि जित्न नसकेका विश्वकै उत्कृष्ट सक्रिय खेलाडी’ को उपनाम मेटाउँदै दोस्रो वरीयताका जेभरेभले सन् २०२६ को फ्रेन्च ओपनको उपाधि चुमेका हुन्।

आइतबार राति सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा जेभरेभले दशौँ वरीयताका इटालेली खेलाडी फ्लाभियो कोबोलीलाई ६–१, ४–६, ६–४, ६–७ (५), ६–१ को सेटमा पराजित गरे। जेभरेभको यो चौथो ग्रान्ड स्लाम फाइनल यात्रा हो।

रोलाँ ग्यारोको कोर्टमा जेभरेभले पहिलो सेट ६(–१ ले सहजै जित्दै उत्कृष्ट सुरुवात गरेका थिए। तर, इटालीका युवा खेलाडी कोबोलीले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट ६–४ ले आफ्नो पक्षमा पारे। तेस्रो सेटमा जेभरेभले ६–४ को जित निकाल्दै पुनः अग्रता बनाए पनि चौथो सेटको टाइब्रेकरमा कोबोलीले ७–६ (५) को जित निकाल्दै खेललाई निर्णायक पाँचौँ सेटमा पुर्‍याए।

निर्णायक तथा अन्तिम सेटमा भने जेभरेभले पूर्ण रूपमा दबाब बनाए। उनले कोबोलीको सर्भिस तीन पटक ‘ब्रेक’ गर्दै ६(१ को जितसहित उपाधि पक्का गरे। सेमिफाइनलमा प्रतिस्पर्धी माटेओ अर्नाल्डीले पेटको समस्याका कारण नाम फिर्ता लिएपछि कोबोलीले सिधै फाइनलको यात्रा तय गरेका थिए।

यो जितसँगै जेभरेभ सन् १९९६ मा बोरिस बेकरले अस्ट्रेलियन ओपन जितेयता ग्रान्ड स्लामको पुरुष तर्फको उपाधि जित्ने पहिलो जर्मन खेलाडी बनेका छन्। यसअघि सन् २०२२ को फ्रेन्च ओपन सेमिफाइनलमा राफेल नाडालविरुद्ध खेल्ने क्रममा जेभरेभ गम्भीर घाइते (कुर्कुच्चाको चोट) भएका थिए।

उपाधि जितेपछि भावुक बन्दै जेभरेभले चोट, निराशा र पराजयका धेरै उतारचढाव भोगेको बताए। कतिपय महत्त्वपूर्ण क्षणहरूमा असफल भएपनि अन्ततः ग्रान्ड स्लाम च्याम्पियन बनेको उनको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।