काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस जयशङ्करबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।
उनीहरूबीच आज साँझ नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको विदेशमन्त्री डा जयशङ्करले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्।
भेटवार्ताका क्रममा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल भएको बताइएको छ।
परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका थिए।
भ्रमणका क्रममा शुक्रवार परराष्ट्रमन्त्री खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाईवालेबीच भेटवार्ता भएको थियो।
परराष्ट्रमन्त्री खनालले शुक्रवार नै नयाँ दिल्लीमा इण्डिया फाण्डेसनद्वारा आयोजित एक कार्यक्रममा सम्बोधन गरेका थिए।
उनी भ्रमण सम्पन्न गरी यही जेठ २४ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Comment