गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा । गणतन्त्र दिवस २०८३ का अवसरमा हेटौँडामा आयोजित विशेष कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने चार जना पत्रकार सम्मानित भएका छन् । बागमती प्रदेश सरकारले पत्रकारितामार्फत गणतन्त्र, सुशासन, विकास निर्माण तथा नागरिकसम्म सूचना प्रवाहमा उल्लेखनीय योगदान पुर्‍याएको कदरस्वरूप उनीहरूलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष तथा दैनिकीन्युजका सम्पादक रामहरि कार्की, नेपालखबरकी बागमती प्रदेश संवाददाता सुनिता विष्ट, नयाँ पत्रिकाका पत्रकार पोष्टराज अधिकारी तथा रामेछापका पत्रकार युवराज श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा कार्कीलाई “प्रदेश संस्थागत विकास पत्रकारिता पुरस्कार”, विष्टलाई “विकास पत्रकारिता पुरस्कार”, अधिकारीलाई “खोज पत्रकारिता पुरस्कार” तथा श्रेष्ठलाई “सुशासन पत्रकारिता पुरस्कार” प्रदान गरिएको थियो ।

लामो समयदेखि निष्पक्ष, जिम्मेवार र जनमुखी पत्रकारितामा सक्रिय कार्कीले बागमती प्रदेश सरकारका नीति, योजना, विकास निर्माण, सुशासन, जनचासोका विषय तथा नागरिकका आवाजलाई प्रभावकारी रूपमा सञ्चारमाध्यममार्फत आमनागरिकसम्म पुर्‍याउँदै आएका छन् ।

प्रदेश सरकारका गतिविधिलाई केवल समाचारमा सीमित नराखी त्यसको प्रभाव, चुनौती र नागरिक सरोकारसँग जोडेर प्रस्तुत गर्ने उनको शैलीले पत्रकारितालाई अझ विश्वसनीय र प्रभावकारी बनाएको बताइएको छ ।

प्रदेश सरकारको संस्थागत सुदृढीकरण, लोकतान्त्रिक अभ्यासको प्रवर्द्धन तथा जनतासँग सरकारको सम्बन्धलाई थप मजबुत बनाउन सञ्चार क्षेत्रबाट खेलेको सक्रिय भूमिकाको उच्च मूल्याङ्कन गर्दै बागमती प्रदेश सरकारले उनलाई उक्त पुरस्कार प्रदान गरेको जनाएको छ ।

पुरस्कार ग्रहणपछि कार्कीले सम्मानले आफूलाई अझ जिम्मेवार, उत्तरदायी र जनताको आवाजप्रति प्रतिबद्ध भएर काम गर्न प्रेरित गरेको बताए । उनले पत्रकारिता पेशाको मर्यादा, विश्वसनीयता र जनविश्वासलाई केन्द्रमा राख्दै आगामी दिनमा पनि समाज र राज्यका सकारात्मक परिवर्तनका लागि निरन्तर कलम चलाइरहने प्रतिबद्धता व्यक्त गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।